काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
पाँचौ विकेटको रुपमा नेपालले विनोद भण्डारीलाई ३ रनमा गुमाएको छ ।
यसअघि नेपालले सोमपाल कामीलाई ११, शरद भेषवाकरलाई ९, उपकप्तान ज्ञानेन्द्र मल्ललाई २३ र कप्तान पारस खड्कालाई २८ रनमा गुमाएको थियो ।
नेपालले १४ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ८९ रन जोडेको छ ।