काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा रुस्लान थ्रीस्टारले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले मनाङलाई १–० ले पराजित गर्यो ।
नेपाली फुटबलका दुई महारथिको भिडन्तमा थ्रीस्टारले ४३ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । ललितपुरे क्लबका लागि टिका गुरुङले गोल गरे । समुह डीमा रहेको थ्रीस्टारले पहिलो खेलबाट ३ अंक जाड्न सफल भएको छ ।
समुह डीमा मनाङसंगै हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स र सुदुरपश्चिम फुटबल क्लब रहेका छन् ।