एजेन्सी । पाकिस्तानी लिजेण्ड क्रिकेटर शोएब अख्तरको युट्युब च्यानलले गोल्डेन प्ले बटन प्राप्त गरेको छ ।
पाकिस्तानी पूर्व फास्ट बलर अख्तरको युट्युब च्यानल खोलिएको २८ दिनमा १० लाख सस्क्राइबर पुगेको थियो । जसको कारण आफ्नै नामबाट खोलेको अख्तरको च्यानललाई युट्युबले गोल्डेन प्ले बटन दिएको हो ।
पाकिस्तानी पत्रिकाको अनुसार अख्तरको युट्युब च्यानलले ३० दिन भन्दा कम समयमा १० लाख सस्क्राइबर पुरा गरेको जनाएको छ ।
अख्तरले सामाजिक संजाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै युट्युबबाट गोल्डेन प्ले बटन प्राप्त गरेको जनाएका थिए ।
क्रिकेट इतिहासमा तीब्र गतिको बलिङ गरेको रेकर्ड बनाएका अख्तरले १२ औं संस्करणको विश्वकपको दौरान युट्युबलाई सक्रिय बनाएका थिए ।
उनले आफ्नो च्यानलमा एक्स्पर्टको रुपमा रहेर क्रिकेटर तथा खेलमा केन्द्रित रहँदै कुरा गर्ने गरेका थिए । जुन क्रिकेट प्रेमीले रुचाएका थिए ।