काठमाडौं । मलेसियाले सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा कुवेतलाई ४२ रनले पराजित गर्दै मलेसिया सुखद सुरुवात गरेको हो ।
इण्डियन एसोसियसन ग्राउण्डमा मलेसियाले दिएको १६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा अलआउट हुँदै १२० रनमा समेटियो ।
कुवेतका लागि कप्तान मुहमद कासिफले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै उस्मान वाहिदले १६ तथा आदनन इड्रेसले १२ रन बनाए ।
मलेसियाका मुहमद स्याहदादले ३ विकेट लिए । यस्तै सायद अजिज,पवनदिप सिंह र फीत्री शामले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा अलआउट हुँदै १६२ रन बनाएको थियो । मलेसियाका लागि शफिक सरिफले ३८ तथा सायद अजिजले ३४ रन बनाए ।
यस्तै अमिनुदीन रामलीले ३३ रन बनाए । कुवेतका मोहमद अह्सनले २ विकेट लिए ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
एसिया फाइनलमा नेपालले भने मंगलबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।