एजेन्सी । वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलका लागि १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तिम विश्वकप हुने अनुमान गरिएको थियो ।
तर, गेलले तत्काल सन्यास नलिने बताएका छन् । गेलले भारतमा हुने १३ औं संस्करणको विश्वकप खेल्ने संकेत गरेका छन् ।
'थुप्रै समर्थकको चाहाना अनुसार, म अझै ५ वर्ष अन्तराष्ट्रिय क्रिकेट खेल्ने छु,' गेलले भनेका छन् ।
गेलले क्रिकेटबाट आफ्नो तिर्खा नमेटिएको कारण अझै क्रिकेट खेल्ने बताएका हुन् ।
वेष्ट इण्डिजका लिजेण्ड कर्टली एम्ब्रुस र एन्डी रोबर्ट्सले भने गेललाई अब मौका दिन नहुने बताएका छन् ।
'यो समय वेष्ट इण्डिजका दिग्गज ब्याट्सम्यानको सन्यास लिने समय हो,' रोबर्ट्सले भनेका छन्, 'गेल क्रिकेटका एक महान खेलाडी हुन् तर उनले यो समय महानता देखाउने बेला हो । सबै वेष्ट इण्डिज समर्थकले यहि चाहेका छन् ।'
तर, गेलले उनिहरुको कुरालाई 'नन्सेन्स' को संज्ञा दिएका छन् ।
'मलाई एउटा कुरा भन्न दिनु, एक शब्द, नन्सेन्स,' गेलले भने ।