काठमाडौं । अन्तर संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता कपनस्थित ह्याण्डबल खेल मैदानमा हुने भएको हो ।
प्रतियोगितामा काठमाडौं जिल्ला भित्रका २० टिमहरु सहभागी हुने संयोजक एवम् जिखेविस काठमाडौं उपाध्यक्ष दामोदर भट्टराई (बद्री) ले जानकारी गराए ।
प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ए, चट्टान सहकारी सप्तदेव सहकारी, साइपल एकेडेमी, पुष्पलाल मा.वि., महानगरीय प्रहरी प्रभाग कपन, टि.आइ.ए.कलेज, गणेश मा.वि., पत्रकार ११, हिमालय सीमापार वाणिज्य संघ ,बुढानिलकण्ठ नगरपालिका, सार : सहकारी, गंगाहिटी टोल सुधार समिति, होप फाउण्डेशन नेपाल, जिल्ला खेलकुद विकास समिति बि, गोकर्णेश्वर खेलकुद विकास समितिर इन्साइट भिजन स्कुलको सहभागिता रहेको छ ।
साउन ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३११३१ तथा उपविजेताले १६६१६ रुपैया सहित पुरस्कार प्राप्त गर्ने संयोजक भट्टराईले बताएका छन ।