एजेन्सी । वेष्ट इण्डिज भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइतबार विराट कोहलीको कप्तानीमा वेष्ट इण्डिज जाने टोलीको घोषणा गरेको हो ।
भारतले वेष्ट इण्डिजविरुद्ध टी-ट्वान्टी, एकदिवसीय र टेष्ट सिरिज खेल्ने छ । भारतले तीनै फर्म्याटका लागि कोहलीको कप्तानी टिम घोषणा गरेको हो ।
भारतीय टिममा महेन्द्र सिंह धोनी छैनन् । धोनी सैनिक कार्यक्रममा व्यस्त रहेका छन् ।
वेष्ट इण्डिजसँग भारतले अगष्ट ३ देखि ३० सम्म तीन खेलको टी-ट्वान्टी, तीन खेलको एकदिवसीय र दुई खेलको टेष्ट सिरिज खेल्नेछ ।
भारतको टी-ट्वान्टी टिम : विराट कोहली, रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रयस एयर, मनिस पाण्डे, ऋषब पन्त, कुर्नाल पाण्ड्य, रबिन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलिल अहमद, दिपक कुमार, नभ्दिप सैनी
एकदिवसीय टिम : शिखर धवन, लोकेश राहुल, श्रयस एयर, मनिस पाण्डे, ऋषब पन्त, कुर्नाल पाण्ड्य, रबिन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चाहल, केदार जाधब,मोहमद शामी, भुवनेश्वर कुमार, खलिल अहमद, र नभ्दिप सैनी
टेष्ट टिम : विराट कोहली, अजिंक्या रहाने, मयाङ्क अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रोहित शर्मा, ऋषब पन्त, रिद्दिमान शाह, रविचन्द्र आश्विन, रबिन्द्र जडेजा, कुलदिप यादव, इशान्त शर्मा, मोहमद शामी, उमेश यादव, जस्प्रित बुम्राह