एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले सेभियाका डिफेन्डर क्लेमेट लेङलेटलाई क्लबमा भित्राएको छ । सेन्टर ब्याक लेङलेटलाई बार्सिलोनाले पाँच बर्षको लागि अनुबन्ध गरेको हो ।
बार्सिलोनाले लेङलेटलाई ३२ मिलियन पाउण्डमा सेभियाबाट भित्राएको हो । २३ बर्षिय युवा डिफेन्डर लेङलेटलाई बार्सिलोनाले यो सिजन दोस्रो खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको हो ।
लेङलेट नान्सीबाट सन् २०१७ मा सेभिया आएका थिए । उनले गत सिजन सेभियाबाट ५२ खेल खेल्दै ४ गोल गरेका थिए ।
बार्सिलोनाले लेङलेट अनुबन्ध गरेलगत्तै उनको रिलिज क्लउज पनि तोकेको छ । बार्सिलोनाले उनको रिलिज क्लउज ३ सय मिलियन युरो राखेको छ ।