एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका अट्याकीङ मिडफिल्डर इडेन हाजार्ड भित्राउने तयारी गरेको छ ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्समा बेचेपछि रियलले हाजार्डलाई ल्याउने तयारी थालेको हो । इन्लिश मिडिया डेलिमेलको अनुसार हाजार्डको लागि रियलले १५० मिलियन पाउण्डको प्रस्ताव लैजाने तयारी गरेको जनाएको छ ।
रोनाल्डो यसै साता १०० मिलियन पाउण्डमा युभेन्ट्स गएका थिए । रोनाल्डो गएपछि रियलले अट्याकीङ मिडफिल्डर हाजार्ड ल्याउने तयारी गरेको हो । रियल २७ बर्षीय हाजार्ड क्लब आउनेमा आशावादी रहेको समेत जनाईएको छ ।
चेल्सीसंग बेल्जियमका कप्तान हाजार्डको सम्झौता अझै २ बर्ष बाँकी रहेको छ । हाजार्ड सन् २०१२ मा चेल्सी आएका थिए । रुसमा जारी विश्वकपमा हाजार्डको कप्तानीमा रहेको बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो ।