एजेन्सी । लण्डन क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । दुई सिजन प्रिमियर लिगमा बिताएका कोन्टेलाई क्लबले बखास्त गरेको हो ।
उनको नेतृत्वमा क्लबले पहिलो सिजनमै प्रिमियर लिगको उपाधि उचालेको थियो ।
तर उनको दोस्रो सिजन स्टामफोर्ड ब्रिजमा सोचे जस्तो सफल हुन सकेन । उनले मात्र एफ ए कपको उपाधि जित्न सके । चेल्सीले पाँचौ स्थानमा रहदै पछिल्लो सिजन लिगको अन्त्य गरेको थियो । एक बर्षको सम्झौता बाँकी छँदै कोन्टे बर्खास्तीमा परेका हुन् ।
उनको जिम्मेवारी अर्का इटालिनय प्रशिक्षक माउरिजियो सररीले सम्हाल्ने अपेक्षा गरिएको छ । इटालिनय क्लब नेपोलीका अध्यक्ष औरिलियो डि लौरेन्टाईसले प्रशिक्षक सररीले लण्डन क्लब चेल्सी सम्हाल्ने खुलासा गरेका थिए । नयाँ सिजन सुरु हुनु पुर्व चेल्सीले समर ट्रान्सफरमा खासै पहल गरेको छैन।
नयाँ प्रशिक्षक नहुदाँ खेलाडी अनुबन्धनमा क्लबलाई ढिलाई भएको छ ।