काठमाडौं । हेटौडा र रौतहटमा जारी प्रथम उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौं र सुनसरीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
हेटौडामा बिहिबार भएको खेलमा काठमाडौंले नवलपरासीलाई ४ - १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
रौतहटमा भएको खेलमा सुनसरीले ट्राइबेकरमा इलामलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित ३०–३० मिनेटको खेलमा खेल बराबरी भएपछि सुनसरीले इलामलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको हो ।
अब क्वाटरफाइनलमा काठमाडौंले उदयपुर र सुनसरीले कास्कीसंग खेल्नेछ ।