काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टीमा प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
नेपालले पाँचौ विकेटको रुपमा शरद भेषवाकरलाई ४० रनमा गुमाएको हो ।
यस अघि नेपालले रोहित कुमार पौडेल, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र पवन सर्राफलाई गुमाएको छ ।
नेपालले १६ ओभरको खेल सकिदा ५ विकेट गुमाएर १२० रन जोडेको छ ।
दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।
पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।