काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टीमा प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, नेपालले लगातार तीन विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो । कप्तान पारस २३ रनमा आउट भए ।
यस्तै नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रन र पहिलो विकेटको रुपमा पवन सर्राफलाई १० रनमा गुमाएको थियो ।
मलेसियाका मुहमद फिट्री मोहमद शामले २ विकेट लिए ।
खेलको ६ ओभर सकिदा नेपालले ३ विकेट गुमाएर ४२ रन जोडेको छ ।
दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।
पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।