काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई भारतीय क्रिकेट खेल सामग्री उत्पादक कम्पनी रेड रक स्पोर्ट्सले प्रायोजन गरेको छ ।
प्रायोजनसँगै सोमपललाई कम्पनीले दुई बर्षसम्म खेल सामाग्री र विदेशी लिग खेल्दा ३ हजार देखि ५ हजार अमेरिकी डलर उपलब्ध गराउने छ । यसअघि रेड रकले नेपालका युवा खेलाडी भिम सार्कीलाई ३ बर्ष र करण केसीलाई एक बर्षको लागि प्रायोजन गरेको थियो ।
यस कम्पनीले विश्वका हस्ती खेलाडी सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, युवराज सिंह, बिरेन्द्र सेहवाग जस्ता खेलाडीलाई खेल सामाग्री बनाउँदै आएको छ ।
भारतका पुर्व क्रिकेटर मनिष सखालकरको पहलमा सोमपाललाई कम्पनीले प्रायोजन गरेको हो । मनिषसँग भारतको रणजी ट्रफी खेलेको अनुभब रहेको छ । हाल उनी नेपालमा व्यवसाय गर्दै आएका छन् ।
सम्झौतापछि बोल्दै सोमपालले प्रायोजनले खेलाडीको हौशला बढ्ने बताए ।
'म निकै खुसी छु । यसले खेलाडीलाई हौशला प्रदान गर्छ,' सोमपालले भने, 'मनिष सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।'
यस्तै कम्पनीका सहमालिक शेखर कौसिकले नेपालमा क्रिकेटको भविष्य उज्वल रहेको बताउँदै दुई खेलाडीले देशको लागि राम्रो गर्न सकुन भन्ने उदेश्यले प्रायोजन गरेको बताए ।