सप्तरी । प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटमा बोदे बर्साइन थन्डरले विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको छ।
पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा टस जितेर ब्याटिंग गरेको सिद्धान्त लोहनी कप्तान रहेको बर्साइन थन्डरले १९ ओभर १ बलमा ८६ रन बनाउन सक्यो। र्साइन थन्डरको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए। तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २/२ विकेट लिए।
थन्डरले दिएको ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेपनि तिलाठी कोइलाडी ४ रनले चुकेको छ । अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक आवस्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्याएका थिए।
अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो। तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए।
खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका थन्डरका बलर नन्दन झा घोषित भए । उनले १ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार लोहनी कप्तानीको बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्स प्रतिस्पर्धा हुनेछ । ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सन मार्फत चयन गरिएको थियो।
सप्तरी क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाको मेयर सम्भु यादबले गरेका थिए ।