एजेन्सी । अमेरिका क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले राजिनामा दिएका छन् ।
अमेरिका क्रिकेट बोर्डसँग असमझदारी बढेसँगै प्रशिक्षक दसानायकेले राजिनामा दिएका हुन् । नेपालका पूर्व प्रशिक्षक समेत रहेका दसानायकेले सन् २०१६ बाट अमेरिकाको टिम हेरेका थिए ।
दसानायकेले अमेरिकालाई डिभिजन-४ बाट आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए । नामिबियामा भएको डिभिजन-२ बाट अमेरिकाले एकदिवसीय मान्यता पाएको थियो ।
अमेरिका क्रिकेट बोर्डले हालै भारतका पूर्व विकेट किपर किरण मोरलाई टेक्निकल डिरेक्टर बनाएको थियो । यस्तै प्रभिन अमरे, सुनिल जोशी, जेम्स पाम्मेन्ट र डेभिड सकेरलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो ।