काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका कप्तान पारस खड्का 'प्लेयर अफ दि म्याच' चुनिएका छन् ।
किनरारा ओभलमा शनिबार मलेसियालाई हराउँदै नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस 'प्लेयर अफ दि म्याच' चुनिएका हुन् ।
कप्तान पारसले कीर्तिमानी अर्धशतक बनाएपछि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । र, नेपालले दुई खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।
नेपालको जितका कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । कप्तान पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।
ओपनरका रुपमा आएका कप्तान पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।
कप्तान सुवास खकुरेलले बंगलादेशमा भएको सन् २०१४ को विश्वकपमा बनाएको ५६ रनको कीर्तिमान भङ गरे । सुवासले अफगानिस्तानविरुद्ध उक्त रन जोडेका थिए ।
नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।