काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग पहिलो टी-ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।
ओपनरका रुपमा आएका कप्तान पारसले ३२ बलमा ५० रन पुरा गरेका हुन् । कप्तान पारसलाई शरद भेषवाकरले साथ दिईरहेका छन् ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो खेलाडी बने । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
नेपालले १४ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ९२ रन बनाएको छ । तेस्रो विकेटको रुपमा नेपालले रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।