काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग पहिलो टी-ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, बलिङ गरिरहेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ ।
१० ओभरको खेल सकिदा नेपालले मलेसियाको २ विकेट पतन गराएको छ । मलेसियाले ६१ रन जोडेको छ । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिएका छन्।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।