एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन युवा स्टार आर्थुर हेन्रिक रामोस डि ओलिभेरा मेलोलाई क्लबमा अनुबन्धन गरेको छ ।
बार्सिलोनाले २१ वर्षिय मिडफिल्डर मेलोलाई सिजन पहिलो खेलाडीको रुपमा क्लब भित्राएको हो । सम्झौतासंगै मेलो सन् २०२१ सम्म बार्सिलोनामा रहने छन् । मेलोले ब्राजिलको यु -१७ र यु-२० टिमबाट प्रतिनिधित्व गरिसकेका छन् ।
मेलोले ब्राजिलिएन क्लब ग्रेमियोबाट ७० खेल खेलेर ६ गोल गरेका थिए । मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब गएपछि बार्सिलोनाले मेलोलाई क्लबमा ल्याएको हो । मेलो रुस विश्वकपको लागि छनोट खेलमा चिलि र बोलिभियासंग ब्राजिलियन टिममा परेका थिए ।