काठमाडौं । हेटौडा र रौतहटमा जारी प्रथम उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहिबार भएको खेलमा उदयपुर र कास्कीले विजयी सुरुवात गरेका छन् ।
हेटौडामा भएको खेलमा उदयपुरले महोत्तरीलाई ६–० को भारी गोल अन्तरले पराजित गर्यो । उदयपुरका लागि सरस्वति चौधरी र नङ्गिता राईले समान दुई दुई गोल गरे । यस्तै सुस्मिता श्रेष्ठ र ममिता राईले समान एक एक गोलको योगदान गरे । खेलको म्यान अफ दि म्याच सरस्वति चौधरी भइन् ।
त्यस्तै रौतहटमा भएको खेलमा कास्कीले पाँचथरलाई २–१ ले हराउन सफल भयो ।
नकआउट चरणमा जारी प्रतियोगिता साउन ३ सम्म जारी रहने छ । यसै प्रतियोगिताबाट एन्फाले साफ च्याम्पियनसिपको लागि खेलाडि छनोट गर्नेछ ।