काठमाडौं । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुचारु हुने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै स्थगित रंगशाला निर्माणको कार्य सुरु गर्ने जनाएको छ ।
यस्तै फाउन्डेसनले रंगशाला निर्माण कार्यलाई सुचारु गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै स्थानीय बासिन्दालाई सहयोगको लागि ऐक्यबद्ध भईदिन अनुरोध गरेको छ ।
निर्माणाधीन अवस्थामा रहेको रंगशालाको तारबार गत जेठ १५ गरे स्थानीयले भत्काइदिएपछि निर्माण कार्य रोकिएको थियो ।
यस्तै हरेक कार्यहरु पारदर्शी ढङ्गबाट गर्ने जनाउदै अघिल्लो गल्तीहरु नदोहोरिने विश्वास व्यक्त गरेको छ ।
हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण भईरहेको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रंगशालाको निर्माण कार्य भईरहेको थियो ।
प्रेस विज्ञप्ति -