काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा अहिले अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।
बर्मिघममा अष्ट्रेलियाले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । इंग्ल्याण्डले सुरुवातमा बलिङ गर्नेछ ।
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यस्तै घरेलु टोली इंग्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ ।
अष्ट्रेलियाले अहिलेसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनल पुगेको थियो । जसमा अष्ट्रेलिया सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको ईतिहास छ ।
इङ्ल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो ।
दुईबीचको विजेताले न्युजिल्याण्डसँग खेल्नेछन् ।