एजेन्सी । सन् २०२६ को फिफा विश्वकप फुटबल दक्षिण अमेरिकी तीन राष्ट्रले संग्युक्त आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बुधबार बसेको वैठकले सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोलाई संयुक्त दिने निर्णय गरेको हो ।
अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । मोरक्कोले पनि विश्वकप आयोजनाका लागि दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १ सय ३४ मत परेको थियो । मोरक्कोले मात्र ६५ भोट पाएको थियो ।
सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । सन् २०२२ को विश्वकप कतारमा हुने निर्णय भइसकेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोले आफ्नो क्षेत्रमा विश्वकप गराउन फिफालाई हालसम्मकै उच्च नाफा हुने प्रस्ताव पेश गरेको थियो । आयोजक अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त हुँदा फिफालाई ८.१ विलियन पाउण्ड डलर नाफा हुने प्रस्ताव फिफालाई बुझाएको थियो ।
यसअघि अमेरिकाले सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ । क्यानडाले भने सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।