काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सागर ढकाल विभागीय क्लब नेपाल पुलिस क्लबमा अनुबन्धित भएका छन् ।
नेपाली टोलीका मुख्य बलर सागरले बिहिबार पुलिस क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मलेसियामा सम्पन्न एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेटको उपाधि जितेर फर्के लगत्तै सागरले पुलिससँग सम्झौता गरेका हुन् । सागरले क्लबसँग एक वर्षे सम्झौता गरेका छन् ।
'प्रतियोगिताका लागि मलेसिया रहेका कारण क्लबसँग औपचारिक सम्झौता भएको थिएन । त्यसैले आज क्लबसँग लिखित सम्झौता भएको छ,' सागरले खेलपाटीसँग भने ।
सागरले क्लबसँग एक वर्षको लागि करार सम्झौता गरेको बताए । उनले यसबीच स्थाईको लागि प्रक्रिया अघि बढाउने समेत बताए ।
सागरले पुलिसबाट गत महिना सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट खेलेका थिए । प्रतियोगितामा आर्मीलाई ४ विकेट पराजित गर्दै पुलिस च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा सागरले ६ खेलमा ८ विकेट हात पारेका थिए ।
यस्तै नेपालले एसीसी यु-१९ इन्टर्न रिजनको उपाधि जित्दा सागरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ४ खेलमा १५ विकेट हात पारेका सागर 'प्लेयर अफ दि सिरिज' घोषित भएका थिए ।
फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दा सागरले ५ विकेट लिएका थिए । यस्तै समूह चरणको खेलमा उनले चीनविरुद्ध ६, सिंगापुरविरुद्द १ तथा सेमिफाइनलमा मलेसियाविरुद्ध ३ विकेट हात पारेका थिए ।
र, यो पनि .....
को हुन् सागर ढकाल ?