एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी आउट भएपछि एक भारतीय समर्थकको मृत्यु भएको छ ।
म्यानचेस्टरमा न्युजिल्याण्डविरुद्धको खेलमा धोनी आउट भएपछि कोलकाताका साइकल ब्यापारी श्रीकान्त मैटीको हृदयघात हुँदा मृत्यु भएको हो ।
टाइम्स अफ इन्डियाका अनुसार ३३ बर्षे श्रीकान्त आफ्नै पसलमा मोबाइलमा खेल हेरेर बसेका थिए । जब धोनी ५० रन आउट भएका थिए । खेल हेरिरहेका श्रीकान्त बेहोस् भएर लडेका थिए । उनलाई सहयोगीले तत्काल अस्पताल पुर्राएका थिए । तर, अस्पतालले उनलाई मृत घोषित गरेका थिए ।
बुधबार भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै भारत प्रतियोगिताबाट समेत बाहिरिएको थियो ।