काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको छ । तर, नेपाल र हङकङबीचको खेलको टसमा अनौठो दृश्य देखिएको छ ।
नेपाल र हङकङबीचको पहिलो टसमा टसको लागि प्रयोग हुने 'सिक्का' जमिनमा गाडिएको थियो । जसको कारण दोस्रो पटक टस गर्नु परेको थियो ।
नेपालका कप्तान रोहित कुमार पौडेलले हावामा फ्यालेको सिक्का जमिनमा गाडिएको थियो । त्यसले हेड र टेलको निर्णय दिन सकेन । र, रोहितले पुन: टसको लागि सिक्का हावामा फ्यालेका थिए । जसमा रोहितले टस जितेका थिए ।