काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । हङकङले सुरुवातमा ब्याटिङ गर्नेछ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।
उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।