काठमाडौं । 'मग माग क्रिकेट मेनिया' मिडिया कप इन्डोर क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।
आयोजक एक्सन स्पोर्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता मंगलबारबाट सुरु हुने जनाएको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । दुई टोलीलाई २ समूहमा विभाजन गरेर खेल खेलाईने छ । समूहको शीर्ष टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा समूह 'ए' मा एनएसजेएफ, एपी वान, सुबिसु, मेरो टिभी र दि हिमालयन टाईम्स रहेका छन् । समूह 'बी' मा डिस होम मिडिया नेटवर्क, एक्सन स्पोर्ट्स, रेडियो नागरिक, सगरमाथा र नयाँ पत्रिका दैनिक रहेका छन् ।
भेलोसिटी एरिनामा हुने प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार पाउने छन् । उपविजेताले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक रन बनाउने खेलाडीले समान ५/५ हजार पाउने छन् ।