काठमाडौं । मकवानपुर र रौतहटले उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
हेटौडामा बुधबार भएको उद्घाटन खेलमा मकवानपुरले स्याङजालाई ४-० गोल अन्तरले पराजित गरेको हो । यस्तै रौतहटको चन्द्रनिगापुरमा भएको खेलमा घरेलु टोलीले बारालाई ४–० ले नै हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौडा र रौतहटमा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमामा जारी प्रतियोगिता साउन ३ गतेसम्म हुनेछ । प्रतियोगितामा २६ टोलीको सहभागिता रहेको छ ।