एजेन्सी । भारतीय ब्याट्सम्यान रोहित शर्माले श्रीलंकाविरुद्व शनिबार समूह चरणको अन्तिम खेलमा सय रन पार गरे । उनी यस विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने । उनले ८ ईनिङ्समा ६ सय ४७ रन बनाए ।
रोहितले बंगलादेशका सकिब अल हसनलाई पछाडी पार्दै समूह चरणमा सर्वाधिक रन बनाएका हुन् । सकिबले ८ ईनिङ्समा ६ सय ६ रन बनाए । रोहित विश्वकपको समूह चरणमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने । उसले भारतीय लिजेण्ड सचिन तेन्दुलकरको कीर्तिमान समेत तोडे ।
सचिनले सन् २००३ को विश्वकपमा समूह चरणमा ५ सय ८६ रन बनाएका थिए ।
एकै विश्वकपमा धेरै शतक
रोहित यस विश्वकपमा पहिलो शतक दक्षिण अफ्रिकाविरुद्व प्रहार गरेका थिए । यसपछि उनले पाकिस्तान, ईङ्ल्याण्ड र बंगलादेशविरुद्व शतक प्रहार गरे ।
योसंगै उनले सौरभ गांगुलीको तीन शतकको कीर्तिमान तोडेका थिए । श्रीलंकाविरुद्व शतक लगाएर उनले कुमार सांगाकाराको कीर्तिमान समेत तोड्न पुगे । सांगाकाराले सन् २०१५ को विश्वकपमा ४ शतक प्रहार गरेका थिए ।
धेरै रन बनाउने खेलाडीको तेस्रो स्थानमा
विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ । उनले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए । रोहितले अहिले ८ ईनिङ्सको समाप्तिमा ९२ दशमलव ४३ को औसतमा ६ सय ४७ रन बनाएका छन् ।
उनी एक विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सुचिको तेस्रो स्थानमा रहेका छन् । सचिनसंगै अष्ट्रेलियाका मौथ्यु हेडन रहेका छन् । हेडनले सन् २००७ मा १० ईनिङ्समा ६ सय ५९ रन बनाएका थिए ।