एजेन्सी । रोहित शर्माको कीर्तिमानी शतकमा विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको छ ।
रोहितले एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक प्रहार गर्दा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।
२ सय ६५ रनको औसत लक्ष्य भारतले ४३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे । रोहितले १ सय ३ रनको शतकिय ईनिङ्स खेल्दा के एल राहुलले १ सय ११ रन बनाए ।
कप्तान विराट कोहली ३४ रनमा नटआउट रहदाँ ऋषभ पन्त ४ रनमा पेभिलियन फर्किए । हार्दिक पाण्डेया ७ रनमा अविजित रहे ।
श्रीलंकाका लाथिस मालिङ्गा, कासन राजिथा र इसुरु उडानाले समान एक एक विकेट लिए ।
यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएकाे थियो ।
१२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
श्रीलंकाका म्याथ्युजले सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे ।
भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे ।
भारतले ९ खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंका ८ अंक सहित प्रतियोगिताबाट बाहिरिएको छ ।