एजेन्सी । भारतका ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय विश्वकप क्रिकेटमा कीर्तिमान बनाएका छन् ।
इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा शतक पुरा गर्दै रोहितले एकै विश्वकपमा पाँच शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
यसअघि कुनै पनि खेलाडीले एकै विश्वकपमा पाँच शतक बनाएका थिएनन् । श्रीलंकाविरुद्ध रोहित १०३ रन बनाएर आउट भए ।
श्रीलंकाविरुद्ध शतक बनाएसँगै रोहित विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा समेत उक्लिएको छ ।