एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले भारतलाई जितका लागि २ सय ६५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनायो ।
१२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
श्रीलंकाका म्याथ्युजले सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे ।
भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे ।
भारत र श्रीलंका विश्वकपमा लिग चरणको अन्तिम खेल खेलिरहेका छन् ।
भारत यस खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेको छ । श्रीलंका भने ३ खेलमा जित हात पार्दा प्रतियोगिताबाट बाहिरि सकेको छ ।