एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । एक खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको भारतले लिग चरणको अन्तिम खेलमा श्रीलंकासंग खेल्न लागेको हो ।
विराट कोहली नेतृत्वको भारतीय टिम अन्तिम खेल समेत जित्न चाहन्छ । श्रीलंका समेत प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ ।
सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभकारी हुनेछ ।
भारतलाई मुख्य रुपमा चार नम्बर ब्याट्सम्यानले सताएको छ । मयांक अग्रवाल टिमसग जोडिएका छन् । उनलाई भारतीय टिमले एक मौका दिन सक्नेछ । लड्समा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ ।
यता श्रीलंका विश्वकपमा आफ्नो खराब प्रर्दशन भुल्न चाहन्छ । श्रीलंकाका ब्याट्सम्यान मुख्य गरि आलोचित छन् । कप्तान दिमुथ करुणारत्ने नयाँ र युवा छन् ।
एन्जेलो म्याथयुज र लाथिस मालिङासंगै थिसेस परेरा जस्ता खेलाडी भएपनि उनीहरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उनीहरुले ठुलो खेलमा वेस्ट ईन्डिजलाई हराएका थिए ।