काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।
नेपालको जित फोटोमा हेर्नुहोस् ।
फोटो - Peter Lim/ACC