एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डस्थित लर्डसमा पाकिस्तानले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बंगलादेशले केहि बेरमा बलिङ गर्नेछ ।
दुवै टिम यस विश्वकपको अन्तिम खेल खेल्दैछन् । दुवै टिम लगभग सेमिफाइनल समिकरण भन्दा लगभग बाहिर छन् । तर पाकिस्तानको सेमिफाइनल पुग्ने अंक गणितिय सम्भावना भने जिवितै छ ।
पछिल्लो समय गरिरहेको प्रर्दशनले बंगलादेश पाकिस्तानविरुद्व हाबी हुने देखिन्छ ।
पाकिस्तान तालिकाको पाँचौ स्थानमा छ । उसको सेमिफाइनल पुग्ने गणितिय सम्भावना भने बाँकी छ । तर त्यसका लागि उसले ठुलो अन्तरको जित निकाल्न आवश्यक छ ।
चौथो स्थानको न्युजिल्याण्डको राम्रो नेट रनरेट भएका कारण पाकिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन छ ।
बंगलादेश ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।