एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) एसियाका दुई टिम आमने सामने हुदैछन् । लड्समा हुने खेलमा पाकिस्तान र बंगलादेश भिड्न लागेका हुन् ।
दुवै टिम यस विश्वकपको अन्तिम खेल खेल्दैछन् । दुवै टिम लगभग सेमिफाइनल समिकरण भन्दा लगभग बाहिर छन् । तर पाकिस्तानको सेमिफाइनल पुग्ने अंक गणितिय सम्भावना भने जिवितै छ ।
पछिल्लो समय गरिरहेको प्रर्दशनले बंगलादेश पाकिस्तानविरुद्व हाबी हुने देखिन्छ । मसरफ मोर्तजाको कप्तानीको टिम सबै क्षेत्रमा पाकिस्तान भन्दा अब्बल देखिन्छ ।
पाकिस्तानको टिममा तिव्र गतिका बलर राम्रा छन् । तर लड्र्सको पछिल्लो अवस्था अनुसार स्पिनरलाई सहज हुन अनुमान गरिएको छ । पाकिस्तानको ओपनिङ जोडी नै खासै राम्रो प्रर्दशन गर्न सकेका छैनन । तर मध्यक्रमका बाबर र हारिस सोहेलले राम्रो खेलिरहेका छन् ।
यता बंगलादेशको मध्यक्रममा केही समस्या छ । शाकिब अल हसन गज्जबको फर्ममा छन् । तर उनको विकल्पमा कुनैपनि ब्याट्सम्यानले रन बनाउन सकेका छैनन् ।
लिटन दास र मशफिकुर रहीमले राम्रो खेलिरहेका छन् । पाकिस्तानविरुद्व महमुदउल्लाह बंगलादेशको टिममा फर्कन सक्नेछन् । यस्तो अवस्थामा बंगलादेशको ब्याटिङ निकै बलियो हुनेछ ।
बंगलादेशको बलिङ सुरुवातबाटै राम्रो छ । मुस्तफिजुरले भारतविरुद्व निकै राम्रो बलिङ गरेका थिए ।
पाकिस्तान तालिकाको पाँचौ स्थानमा छ । उसको सेमिफाइनल पुग्ने गणितिय सम्भावना भने बाँकी छ । तर त्यसका लागि उसले ठुलो अन्तरको जित निकाल्न आवश्यक छ ।
चौथो स्थानको न्युजिल्याण्डको राम्रो नेट रनरेट भएका कारण पाकिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन छ ।
बंगलादेश ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना कति ?
सेमिफाइनल दौडमा रहेको पाकिस्तानले एक खेल खेल्न बाँकी छ ।
पाकिस्तान ८ खेलमा ९ अंक सहित पाँचौ स्थानमा छ ।
सेमिफाइनल प्रवेशको गणितिय सम्भावना बोकेको पाकिस्तानलाई शुक्रबार हुने बंगालदेशबिरुद्दको खेल महत्वपुर्ण छ ।
अन्तिम चारमा पुग्न पाकिस्तानलाई जितले मात्र पुग्ने छैन, नेट रनरेटमा समेत माथि आउनुपर्नेछ ।
जितले पाकिस्तान र न्युजिल्याण्डको समान अंक हुने भएकाले पाकिस्तानलाई फराकिलो जित आवश्यक छ । नेट रनरेट हेर्दा पाकिस्तान भन्दा न्युजिल्याण्ड निकै माथि छ । सोही कारण पाकिस्तानले बंगलादेशविरुद्व चमत्कारिक नतिजा आत्मसाथ गर्नुपर्नेछ ।
न्युजिल्याण्डको नेट रन रेट - 0.175 रहेको छ भने पाकिस्तानको रनरेट -0.792 रहेको छ ।
न्युजिल्याण्ड सेमिफाइनलको लगभग नजिक छ । तर न्युजिल्याण्डलाई नेट रनरेटमा जित्न पाकिस्तानले ठुलो अन्तरको जित निकाल्नुपर्ने छ ।
लन्डनस्थित लर्ड्समा हुने खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै कम्तिमा ३ सय ५० रन बनाउनु पर्ने छ । र बंगलादेश माथि ३ सय ११ भन्दा धेरै रन अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।
यसको अर्थ पाकिस्तानले पहिले फिल्डिङ गर्नु परेमा पाकिस्तान विश्वकपबाट बाहिरिने लगभग तय छ ।