एजेन्सी । अफगानिस्तानका क्रिकेटर इक्राम अलिखिल विश्वकप क्रिकेटमा अर्धशतक बनाउने कम उमेरका तेस्रो खेलाडी बनेका छन् ।
इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलमा अर्धशतक पुरा गर्दै इक्राम विश्वकपमा ५० रन पुरा गर्ने तेस्रो कम उमेरका खेलाडी बनेका हुन् ।
वेष्ट इण्डिजविरुद्ध अर्धशतक पुरा गर्दा इक्राम १८ वर्ष २७८ दिनका थिए । विश्वकपमा अर्धशतक बनाउने सर्वाधिक कम उमेरका खेलाडी भने बंगालदेशका मोहमद अस्राफुल हुन् ।
यस्तै बंगलादेशकै तमिम इकबाल दोस्रो खेलाडी हुन् ।