एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।
मंगलबार पुछारका दुई क्लब रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र राजस्थानबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
राजस्थान घरेलु टोलीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्ले अफ संभवाना जीवित राख्न राजस्थानको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।
राजस्थानले १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले बैंगलोरलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ ।
यता, घरेलु टोली राजस्थानलाई अंक तालिका सुधार गर्ने चाहन्छ । पुछारको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ ।
बैंगलोर प्रतियोगिताबाट बाहिरिसकेको छ । बैंगलोरको झिनो गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।