धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।
समूह 'ए' को विजेता बन्दै प्रदेश २ र समूह 'बी' को विजेता बन्दै गण्डकी प्रदेश फाईनलमा पुगेका हुन् ।
फाप्ला मैदानमा शनिबार पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ५ रनले हराएको छ । पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ६ विकेट क्षतिमा १०७ रन बनायो । उसका लागि अनिल गुरुङले ४४ र आकाश थापाले १७ रन बनाए । प्रदेश ३ का लागि ईसान पाण्डेले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको प्रदेश ३ ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १०२ रा मात्रै बनाउन सक्यो । उसका लागि ईसान पाण्डेले २७ तथा जितेन्द्र ठकुरीले १३ रन बनाए । गण्डकी प्रदेशका लागि विपिन खत्री र आकाश थापाले तीन तीन विकेट लिए । किशोर महतोले दुई विकेट लिए ।
दोस्रो खेलमा प्रदेश नम्बर २ ले सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले व्याटिङ गर्दै सुपले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो । उसका लागि सन्जु दमाईले ४१ र दिपेन्द्र बोहोराले ३४ रन बनाए । प्रदेश २ का लागि सन्जम रेग्मीले तीन र प्रियान्सु मल्लिकले दुई विकेट लिए ।
जवाफमा प्रदेश २ ले १८ दशमलव १ ओभरमा ४ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । उसका लागि विशाल सुस्लिङले ३४ र हरिशंकर शाहले २५ रन बनाए । सुपका विकास क्षेष्ठ नरेन्द्र सावद खड्ग बोहोरा र सुरज तिरुवाले एक एक विकेट लिए ।