धनगढी । काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी अंकित दबासलाई धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लागेको छ ।
दबासको बलिङ शंकास्पद रहेको पाइएपछि आयोजक डीपीएलले उनलाई प्रतिबन्ध लगाएको जनाएको छ । आयोजकका अनुसार काठमाडौं गोल्डेन्सले खेलेको २ फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको पाईएको थियो । प्राविधिक समितिले भिडियो विश्लेषण गरेपछि प्रतिबन्ध गरिएको आयोजकले बताएको छ ।
अब दबासले बाँकी खेलमा बलिङ गर्न पाउने छैनन् । काठमाडौंले शुक्रबार महेन्द्रनगर युनाईटेडसंग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ ।
काठमाडौंले लिग चरणमा ३ जित निकाल्दा दबास प्लेयर अफ दि म्याच बनेका थिए ।
हेर्नुहोस् डीपीएलको विज्ञप्ति -
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/52602731_877232319301681_5375781878869524480_n.jpg?_nc_cat=102&_nc_eui2=AeFW4ZRZuot01FGYHwhRhfsg2MWIUQCd_6k-_SIIVZ_xETxLzzhFFm3oFc8fGVoAHWx_28UD34Ci1lRKZ_DCJ4FcAL5xcwHKeUn1bAQi4PlS0w&_nc_ht=scontent.fktm3-1.fna&oh=e175d8d5a20b41831d29dadf6a2cb64c&oe=5CE84A0E)