• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएई क्रिकेट सिरिज : हरेक खेल, फरक नायक
विश्वास थापा
मंगलबार, माघ २२, २०७५ विश्वास थापा
युएई क्रिकेट सिरिज : हरेक खेल, फरक नायक

काठमाडौं । एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोश्रो बैदेशिक भ्रमणमा युएई पुगेको नेपालले एक दिवसीय अन्तराष्ट्रिय र टी–ट्वान्टी सिरिज जितेर ईतिहास रच्न सफल भएको छ । युएई भ्रमणमा निकै सुधारिएको प्रर्दशन गर्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।

मुख्य कुरा नेपालको प्रत्येक जितमा फरक फरकले नायकत्व प्रर्दशन गरे । यसको अर्थ नेपाल अब कुनै १-२ खेलाडीमा भरपर्ने अवस्था छैन । केही युवा खेलाडीले सोचे भन्दा माथिल्लो स्तरको प्रर्दशन गरे । नेपाली क्रिकेटको उज्यालो भविष्यको संकेत गरे ।

एक दिवसीय सिरिज :

घरेलु टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज २—१ ले जित्दै नेपालले पहिलो पटक ऐतिहासिक सिरिज हात पारेको हो । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको पहिलो खेलमा ३ विकेटले पराजित भएपनि दोश्रो खेलमा १ सय ४५ रनको फराकिलो जित हात पार्दै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

सिरिज जित्न तेस्रो तथा अन्तिम खेल निर्णायक थियो । चुनौती कडा थियो । जसमा पारस खड्काले शतकिय पाली खले । उनकै नायकत्वमा नेपालले एक दिवसीय सिरिज कब्जा गर्न सफल भयो । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने पारस पहिलो नेपाली खेलाडी समेत हुन् । उनले ९६ बलमा शतक पुरा गरेका थिए । कुल १५६ रन बनाएका उनले ४ विकेट लिए । पारसनै ‘प्लेयर अफ दी सिरिज’ घोषित भए ।

टी–ट्वान्टी सिरिज :

एकदिवसीय सिरिज जितेको नेपाल पहिलो टी–ट्वान्टी सिरिजका लागि उत्साहीत थियो । तर पहिलो खेलमा उसले २१ रनले पराजय ब्यहोर्यो । नेपाल पराजित खेलमा सन्दीप जोराले कीर्तिमान कायम गरे । अन्तराष्ट्रिय टी–ट्वान्टीको डेब्यु खेलमा अर्धशतक बनाउने उनी विश्वकै कान्छा खेलाडी बने । सन्दीपले १७ वर्ष १ सय ३ दिनमा डेब्यु गर्दै ४२ बलमा ५० रन पुरा गरेका थिए ।

दोश्रो खेल जित्दै नेपालले टी–ट्वान्टी सिरिजमा समेत सानदार पुनरागमन जनायो । अघिल्ला खेलमा जम्न नसकेका दिपेन्द्र सिंह ऐरीले शानदार पाली खेले । अघिल्ला क्रमका व्याट्सम्यान सस्तैमा आउट हुदाँ नेपालको धरासायी ईनिङ्सलाई डेब्यु गरेका अलराउण्डर पवन सरार्फले दिपेन्द्रसंग ५५ रनको साझेदारी गरेर साथ दिए । त्यहीनै नेपालको जितको आधार बन्यो । दिपेन्द्रले व्यक्तिगत १ छक्का र ४ चौकाको मद्दतले ४७ रनमा अविजित पाली खेले ।

अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा १४ रनको जित निकाल्दै नेपालले ऐतिहासिक सिरिज जित्न सफल भएको थियो । बर्षाले प्रभावित खेल १० ओभरमा झारिएको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनायो । युएईले ८ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो । खेलपछि कप्तान पारसले समेत माने, ‘यति रन बन्ला भन्ने सोचेको नि थिएन ।’

ऐतिहासिक सिरिजका नायकहरु :

रोहित कुमार पौडेल :

रोहित कुमार पौडेलले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पुरा गर्दा रोहित १६ बर्ष १ सय ४६ दिनका थिए ।

१५ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भंग गरे । यसअघि तेन्दुलकरले १६ बर्ष २ सय १३ दिनको हुँदा टेस्ट क्रिकेटमा अर्धशतक बनाएका थिए । अफ्रिदीले १६ बर्ष २ सय १७ दिन हुँदा एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका थिए ।

सन्दीप जोरा :

Image may contain: 4 people, people smiling, people standing, people playing sport and outdoor

सन्दीप जोराले अन्तराष्ट्रिय टी–ट्वान्टीको डेब्यु खेलमै अर्धशतक बनाए । सन्दीप डेब्यु खेलमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी बने । उनले नटआउट ४६ बलमा ५३ रनको योगदान गरे । तेस्रो खेलमा समेत निकै आक्रमक पाली खेल्दै उनले ११ बलमा ३ छक्काको मद्यतले २८ रन बनाए । उनी तीन खेलबाट टी–ट्वान्टी सिरिजमा सर्वाधिक ८२ रन बनाए ।

सोमपाल कामी :

Image may contain: 1 person, smiling, standing

युएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई शानदार जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले किफायती बलिङ गर्दै ५ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने उनी पहिलो नेपाली बलर बनेका छन् । सोमपालले दोस्रो एकदिवसीय क्रिकेटमा ६ ओभर ३ बल बलिङ गर्दै ३३ रन खर्चिएर पाँच विकेट लिएका हुन् ।

पारस खड्का :

नेपाललाई ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज दिलाउन अन्तिम खेलमा कप्तान पारस खड्काले सतकीय पाली खेले । कप्तान खड्का एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो नेपाली खेलाडी हुन् ।

Image may contain: 1 person, standing

कप्तान पारस एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक धेरै रन जोड्ने नेपाली खेलाडी बनेका छन् । एक दिवसीयमा ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका खड्काले ३ खेलमा ४ विकेट लिएका थिए र सर्वाधिक १ सय ५६ रन जोडेका थिए । सिरिज अबधिभर उनले ६ खेलमा २ सय ६ रन बनाउँदै ४ विकेट लिन सफल रहे ।

कस्को प्रर्दशन कस्तो ?

करण केसी :

करणले तीन एकदिवसीय क्रिकेटको दुई पालीमा २१ रन बनाए । ५ विकेट लिए । उनले तीन टी–ट्वान्टीमा ३४ रन बनाए र ४ विकेट लिदै औसत प्रर्दशन गरे । अन्तिम टी–ट्वान्टीमा उनी म्यान अफ द म्याच घोषत भए ।

अबिनास बोहरा :

टी–ट्वान्टीमा डेब्यु गर्दै तीन खेलमा नेपालका तर्फबाट सर्वाधिक ६ विकेट लिएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भए ।

पवन सर्राफ :

पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका पवनले ४ रन मात्र बनाउन सके । दोश्रो खेलमा दोहोरो अंक समेत छुन सकेनन् । दोश्रो टी–ट्वान्टीमा नाजुक अवस्थामा रहेको ईनिङ्सलाई उकास्न उनले दिपेन्द्र सिंह ऐरीसंग मिलेर ५५ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र मल्ल :

उपकप्तान ज्ञानेन्द्रले तीन एकदिवसीयमा ७५ रन बनाउन सफल रहे । उनले तीन टि–ट्वान्टी खेलमा २५ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी :

दिपेन्द्रले तीन एकदिवसीयमा १० रन मात्र बनाए । दोश्रो टी ट्वान्टी खेल जिताउन पवनसंग ५५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

बिनोद भण्डारी :

बिनोद तीन एकदिवसीयमा ३५ रन मात्र बनाए । उनले टी–ट्वान्टीको एक खेलमा २१ रन बनाए ।

सन्दीप लामीछान :

तीन टी–ट्वान्टी खेलमा ५ विकेट लिएका सन्दिपले एकदिवसीय सिरिजमा ७ विकेट लिन सफल भए ।

बसन्त रेग्मी :

बसन्तले एक एकदिवसीय र एक टी–ट्वान्टी खेले । एकदिवसीयमा विकेट बिहिन रहे तर टी–ट्वान्टीमा २ विकेट लिन सफल रहे ।

आरिफ शेख :

आरिफले तीन एकदिवसीय खेल मात्र खेले । उनी ७५ रन बनाउन सफल रहे ।

ललित नारायण राजवंशी :

उनले दुई टी–ट्वान्टी र तीन एकदिवसीय खेले । एकदिवसीयमा एक पालीमात्र बलिङ गर्दै विकेट विहिन रहे तर दुई इनिङ्समा ५८ रन बनाउन सफल रहे । दुई टी–ट्वान्टीमा उनी २ विकेट लिन सफल रहे ।

सन्दीप जोरा :

सन्दिपले अन्तिम एकदिवसीय खेलमा डेब्यु गर्दै १९ रन बनाए । तीनवटै टी–ट्वान्टी खेलेका उनले ८२ रनको योगदान दिए ।

रोहित कुमार पौडेल :

पौडेलले दुई एकदिवसीय र एक टि–ट्वान्टी खेले । एकदिवसीय सिरिजमा ७१ जोड्दा एक टी–ट्वान्टीमा ४ रन बनाए ।

प्रदीप ऐरी :

दुई टी–ट्वान्टी खेलेका उनी ८ रन मात्र बनाएर असफल रहे ।

युवा खेलाडीको बर्चस्व रहेको नेपाली टोलीमा डेब्यु गरेका खेलाडीले निकै परिपक्क खेले प्रर्दशन गरे । नेपालको ऐतिहासिक सिरिजमा उनै युवा खेलाडी नायक रहे ।

नेपाली ब्याटिङको मेरुदण्ड भनिने शरद भेषवाकरबिना नेपाली टिम युएई भ्रमणमा निस्किएको थियो । तर युवा खेलाडीले उनलाई सम्झिने कुनै मौकानै दिएनन् ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP