• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भीमकाे 'डेब्यु' सम्भावना कति ? हेर्नुस सम्भावित प्लेईङ सेट
विश्वास थापा
आइतबार, माघ २०, २०७५ विश्वास थापा
भीमकाे 'डेब्यु' सम्भावना कति ? हेर्नुस सम्भावित प्लेईङ सेट

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली टोलीले आज (आइतबार) अन्तिम तथा निर्णायक टी–ट्वान्टी खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को अवस्थामा छ ।

पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । दोश्रोमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिज बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेल जित्दै नेपाल अर्को इतिहास रच्ने लक्ष्यमा छ । नेपाल पहिलो अन्तराष्ट्रिय टी–ट्वान्टी सिरिज जित्न मात्र एक खेलले पछाडी छ ।

टी–ट्वान्टी सिरिज अगाडी नेपालले युएईविरुद्ध ३ खेलको एक दिवसिय सिरिज २–१ ले कब्जा गरेको थियो ।

युएईसंगको सिरिजका लागि ४ नयाँ अनुहारलाई नेपालले टिममा समावेश गरेको थियो । सन्दिप जोरा, अभिनास बोहोरा, पवन सर्राफ र भिम सार्की नयाँ अनुहारका रुपमा रहेका थिए ।

चार नयाँ अनुहार मध्य तीन जनाले टी ट्वान्टीमा डेब्यु गरिसकेका छन् । भीम सार्की परिक्षण हुन पाएका छैनन् । सन्दिप र पवनले एक दिवसीय सिरिजमा मौका पाएका थिए भने अभिनासले पहिलो टी–ट्वान्टीमा डेब्यु गरेका थिए ।

सन्दीप जोराले डेब्यु खेलमै कीर्तिमानी अर्धशतक बनाएका थिए । सो खेलसंगै जोरा डेब्यु खेलमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी बनेका छन् । सन्दीपले १७ वर्ष १ सय ३ दिनमा डेब्यु गर्दै ४२ बलमा ५० रन पुरा गरेका हुन् ।

पवनले भने दोश्रो टी ट्वान्टीमा दिपेन्द्र सिंह ऐरीसंग ५५ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए । अभिनासले पहिलो टी–ट्वान्टीको डेब्यु खेलमा १ विकेट तथा दोश्रो खेलामा ३ विकेट लिदै आफ्नो रवाफ जमाउन सफल भएका थिए ।

के अब पालो भीम सार्कीको हो त ?

१७ बर्षे भीम मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान हुन् । घरेलु प्रतियोगितामा इपीएलमा चितवन टाइगर्स तथा पीपीएलमा बुटवल ब्लास्टर्सबाट उनले खेलेका थिए । पीपीएलको पहिलो संस्करणमा उनले बुटवल ब्लास्टर्सबाट निकै राम्रो प्रर्दशन गरेका थिए । उनले ५ खेलमा २ अर्धशतक सहित १ सय २३ रन बनाएका थिए ।

काठमाडौंमा भर्खरै सकिएको ईपीएलमा चितवन टाइगर्सबाट उनले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । उनले ६ खेलमा मात्र ३७ रन बनाएका थिए । उनले २०१८ सेप्टेम्बरमा भारतमा भएको यु–१९ सिरिजमा भारतको ए र बी टिम तथा अफगानिस्तानको यु–१९ विरुद्व नेपालको तर्फबाट ४ खेलमा ८७ रन बनाएका थिए । उनी नेपालको यु–१९ टिमका नियमित सदस्य हुन् ।

युएईको सिरिजमा हरेक खेलमा छुट्टाछुटै ब्याट्सम्यानले आफुलाई प्रमाणित गरिरहदाँ भीमले कसको स्थानमा मौका पाउलान ? कौतुहलताको बिषय छ ।

नेपाली टोली आफ्नो पहिलो टी–ट्वान्टी सिरिज जित्ने लक्ष्य सहित मैदान उत्रदै गर्दा भीमलाई लिएर जोखिम नउठाउने सम्भावना समेत उत्तिकै छ । उनी मध्यक्रममा व्याटिङ गर्ने भएकाले दिपेन्द्र सिंह ऐरी वा सन्दिप जोराको स्थानमा राख्नुपर्ने हुन्छ । तर दुवै ब्याट्सम्यान फर्ममा भएकाले भीमले टी ट्वान्टीमा डेब्यु गर्ने सम्भावना कम देखिन्छ ।

को को पार्लान त प्रमुख ११ ?

अघिल्ला दुई खेलमा जम्न नसकेका प्रदिप सिंह ऐरीको स्थानमा बिनोद भण्डारीले मौका पाउन सक्नेछन् । प्रदिपले दुई खेलमा मात्र ८ रन बनाएका छन् । पहिलो खेलमा उनी गोल्डेन डकआउट भएका थिए ।

अर्का स्पिनर ललित नारायण राजवंशीको स्थानमा अनुभवी बसन्त रेग्मी फर्कन सक्नेछन् । बसन्त नेपालका लागि टी–ट्वान्टीमा सबै भन्दा धेरै विकेट लिने खेलाडी हुन् । उनले पहिलो टी–ट्वान्टीमा ४ ओभर बलिङ गर्दै २ विकेट लिन २३ रन खर्चेका थिए । दोश्रो खेलमा ललितले ३ ओभर बलिङ गर्दै १७ रन खर्चेर विकेट विहिन भएका थिए ।

सम्भावित ११ खेलाडी सुचि : पारस खड्का, बिनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, रोहितकुमार पौडेल, सोमपाल कामी, करन केसी, बसन्त रेग्मी, अभिनास बोहोरा र सन्दीप लामिछाने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP