काठमाडौं । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किङस र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले शनिबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा विराटनगर र धनगढीले पहिलो प्रतिद्वन्दी पाएको हो । फाप्ला क्रिकेट मैदानमा हुने उद्घाटन खेल माघ २६ गते शनिबार हुनेछ ।
पहिलो दिन एक खेल मात्र हुनेछ । दोस्रो दिनबाट दैनिक २ खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार महेन्द्रनगर युनाईटेड र काठमाडौं गोल्डेनबीच खेल हुनेछ । यस्तै सीवाईसी अत्तरीया र विराटनगरले प्रतिस्पर्धा गर्नेछन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा कुल १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रतियोगिताका लागि ६ वटै टोलीले अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन् ।
खेल तालिका :
