काठमाडौँ। निकोलस किर्टनको अर्धशतकसँगै क्यानडाले पहिलो वार्मअफ खेलमा नेपाललाई १८४ रनको लक्ष्य दिएको छ।
ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको हो।
क्यानडका किर्टनले सर्वाधिक ५२ रन बनाए। ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। नवनीत धालिवाल ३२, पर्गट सिंह १३ र अरोन जोन्सन १० रनमा आउट हुँदा रविन्द्रपाल सिंह ४१ र डिलोन हेलिगर १३ रनमा अविजित रहे।
नेपालका अविनाश बोहराले सर्वाधिक २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुल्शनकुमार झा, सागर ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए।