काठमाडौँ। पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगिसकेको राजस्थान रोयल्सलाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा पञ्जाब ५ विकेटले विजयी भएको हो। जितसँगै नवौँ स्थानमा रहेको पञ्जाबले १३ खेलबाट १० अंक जोडेको छ। समान खेल खेलेको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा छ।
राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गर्यो। पञ्जाबका कप्तान साम करनले सर्वाधिक ६३ रन बनाए। ४१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
राइली रुसो र जितेश शर्मा २२/२२ रनमा आउट भए। राजस्थानका आवेश खान र युजवेन्द्र चहलले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनायो।
राजस्थानका रियान परागले सर्वाधिक ४८ रन बनाए। ३४ बल खेलेका उनले ६ चौका प्रहार गरे। रवि अश्विन २८ रनमा आउट हुँदा टोम कोहलर र कप्तान सञ्जु सामसनले १८/१८ रन बनाए।
पञ्जाबका साम करन, हर्ष पटेल र राहुल चाहरले १/१ विकेट लिए।