काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड ओमान (मिनिस्ट्री टर्फ १)मा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
मुख्य प्रशिक्षक मोन्टी देसाईैले कतारविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। तीव्रगतिका बलर करण केसीको स्थानमा उनले विवेककुमार यादवलाई मौका दिएका छन्।
शुक्रबार सम्पन्न समूह ‘ए’को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको थियो। कतार भने हङकङसँग २६ रनले पराजित भएको थियो।