काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले विश्वकपमा एक राम्रो रिजल्ट आउने आशा गरेको बताएका छन् ।
दक्षिण अफ्रिाकामा यू–१९ विश्वकप खेल्न जान लागेको टोलीको विदाईमा बोल्दै खनालले आफूहरु राम्रो रिजल्ट ल्याउने विषयमा सकरात्मक भएको बताए ।
‘टिमको तायरीको हिसावले राम्रो छ । एक साता भएपनि हामीले बाहिर तयारी गर्न पायौं । यसमा सबै खुसि छौं । आशा छ राम्रो रिजल्ट आउने छ,’ खनालले भने ।
खनालले एसिया कपमा भएको कमजोरीलाई एक ठाँउमा राखेर आफूहरु अघि बढिरहेको बताएका छन् । पुरानो कुरालाई भुलेर टिमलाई राम्रो बनाउँदै अघि जाने बताए ।
साथै उनले विश्वपक खेल्नु आफ्नो सपना भएको बताउँदै यो सपनामा खरो उत्रने बताए ।
‘विश्वकप खेल्नु सबैको सपना हुन्छ मेरो पनि सपना थियो । एसिया कपमा जे जस्तो भयो त्यसालाई साइडमा रोखेर आउने दिनको प्रदर्शनलाई राम्रो बनाउने भन्ने छ,’ खनालले भने ।