काठमाडौं । एसियन गेम्समा नेपालले मंगोलियाविरुद्ध शानदार ब्याटिङ प्रर्दशन गरेको छ ।
समूह एको खेलमा सुरुआती ब्याटिङ गरेको नेपालले ३ सय १४ रन बनाएको छ ।
मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनायो ।
अन्तराष्ट्रिय क्रिकेटमा नेपालविरुद्ध खेल्दै डेब्यु गरेको मंगोलियाविरुद्ध नेपालले ठुलो स्कोर खडा गरेको हो ।
नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् ।
रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।
कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् ।
कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।
नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।